macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

रौतहट प्रहरीद्वारा अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टी नष्ट

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

रौतहट ।  रौतहट  प्रहरीले अवैध रुपमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतबाट खटिएको प्रहरी टोलीले रौतहटको परोहा नगरपालिका ५, राजपुर नगरपालिका ५ र मौलापुर नगरपालिका ९ मा अवैध रुपमा सञ्चालित मदिरा भट्टी नष्ट गरेको हो ।

प्रहरीले ५६० लिटर तयारी मदिरा र ३२०० लिटर मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरिएको र स्थानीय भद्रभलाद्मीको रोहबरमा नष्ट गरिएको जनाएको छ ।

त्यस्तै मदिरा उत्पादन गर्ने ६ थान मेसिन, ११ थान भाडा र १० वटा ड्रम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले नजिकिँदै गरेको दसैंको अवसरमा अवैध रुपमा उत्पादन हुने मदिरा भट्टी नष्ट गर्न समेत टोली परिचालन गरिएको जनाएको छ ।

२० असोज २०८०, शनिवार १४:०१ बजे प्रकाशित

NTA long ad