citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

राजश्व संकलन उकालो लाग्दै वीरगन्ज भन्सार कार्यालय

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगन्जको राजश्व संकलन विस्तारै उकालो लाग्न थालेको छ । बन्दाबन्दीको कारण खुम्चिदै गएको वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलन आयात वृद्धिसँगै विस्तारै उकालो लाग्न थालेको हो ।

बन्दाबन्दीका बीच बैशाख महिनामा दैनिक १५ करोड राजश्व संकलन भएको तुलनामा जेष्ठ महिनामा प्रतिदिन २१ करोड भन्दा बढी राजश्व संकल भएको छ । बैशाख महिनामा वीरगन्ज भन्सार कार्यालयले ४ अर्ब ६४ करोड ६१ लाख रुपैया संकलन गरेको तुलनामा जेष्ठ महिनाको २४ दिनमा कार्यालयले ५ अर्ब १४ करोड ७९ लाख अर्थात ५० करोड १७ लाख रुपैया बढी राजश्व संकलन गरेको छ ।

वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी विमल कुमार साहका अनुसार दैनिक उपभोग्य बस्तुसँगै औद्योगिक कच्चा पदार्थको आयातमा वृद्धी भएकले राजश्व संकलनमा सुधार देखिएको हो ।

नोबेल कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत्र महिनाको दोस्रो सातादेखि लकडाउन घोषणा गरेपछि वीरगन्ज भन्सारको राजश्व संकलनमा कमी आएको थियो ।

देशव्यपारी रुपमा लागु गरिएको लकडाउनलाई खुकुलो बनाउँदै उद्योग व्यपार संचालन गर्ने वातावरण निर्माण भए आउने दिनमा राजश्व संकलनमा थप सुधार देखिने भन्सारका अधिकारीहरुको भनाइ रहेको छ ।

gold
himalayan life insurance long ad
kumari bank