stcnepal long ad
ime life insurance
global ime bank long

राजश्व संकलन उकालो लाग्दै वीरगन्ज भन्सार कार्यालय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगन्जको राजश्व संकलन विस्तारै उकालो लाग्न थालेको छ । बन्दाबन्दीको कारण खुम्चिदै गएको वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलन आयात वृद्धिसँगै विस्तारै उकालो लाग्न थालेको हो ।

बन्दाबन्दीका बीच बैशाख महिनामा दैनिक १५ करोड राजश्व संकलन भएको तुलनामा जेष्ठ महिनामा प्रतिदिन २१ करोड भन्दा बढी राजश्व संकल भएको छ । बैशाख महिनामा वीरगन्ज भन्सार कार्यालयले ४ अर्ब ६४ करोड ६१ लाख रुपैया संकलन गरेको तुलनामा जेष्ठ महिनाको २४ दिनमा कार्यालयले ५ अर्ब १४ करोड ७९ लाख अर्थात ५० करोड १७ लाख रुपैया बढी राजश्व संकलन गरेको छ ।

वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी विमल कुमार साहका अनुसार दैनिक उपभोग्य बस्तुसँगै औद्योगिक कच्चा पदार्थको आयातमा वृद्धी भएकले राजश्व संकलनमा सुधार देखिएको हो ।

नोबेल कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत्र महिनाको दोस्रो सातादेखि लकडाउन घोषणा गरेपछि वीरगन्ज भन्सारको राजश्व संकलनमा कमी आएको थियो ।

देशव्यपारी रुपमा लागु गरिएको लकडाउनलाई खुकुलो बनाउँदै उद्योग व्यपार संचालन गर्ने वातावरण निर्माण भए आउने दिनमा राजश्व संकलनमा थप सुधार देखिने भन्सारका अधिकारीहरुको भनाइ रहेको छ ।

prabhu mahalaxmi
kumari