सरकार र चिकित्सकबिच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौँ। सरकार र आन्दोलनरत चिकित्सकबिच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भर्खरै सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो।
पछिल्लो समय मणिपाल(पोखरा, माडी(चितवन, हेटौडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो।
सहमतिपत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा दिपेन्द्ररमण श्रेष्ठ र ‘स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ का संयोजक डा. शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् ।
यस्तो छ सहमति :
१३ असोज २०८०, शनिवार २१:०९ बजे प्रकाशित