stcnepal long ad
ime life insurance
global ime bank long

खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी आगामी रणनीति घोषणा पत्र जारी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी राष्ट्रिय सम्मेलन मार्फत २० बुँदे खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी आगामी रणनीति घोषणा पत्र जारी गरेको छ ।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी राष्ट्रिय सम्मेलनले २० बुँदे खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी घोषणा पत्र जारी गर्दै सकिएको हो ।

सम्मेलनमा सात वटै प्रदेशमा प्रदेश स्तरीय खानेपानी, सरसफाई र स्वच्छता क्षेत्रगत संयुक्त समीक्षामा खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा संलग्न तीन तहका सरकार, विभिन्न सरकारी निकाय, निजी क्षेत्र एवं गैरसरकारी क्षेत्र, नागरिक समाज तथा विकास साझेदार क्षेत्रका प्रतिनिधिहरुले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल सरकारका पूर्वसचिव सुमन शर्माले ९ महिना लामो छलफलपछि बुधबार खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी आगामी रणनीति घोषणा पत्र जारी भएको बताउनुभयो ।शर्माले विभिन्न विकास साझेदार संस्था लगायत सातै प्रदेशका प्रतिनिधि लगायत स्थानीयतह समेत छलफल गरी योजना बनाएको बताउनुभयो ।

दुई दिनसम्म चलेको राष्ट्रिय सम्मेलनले खानेपानी र सरसफाई क्षेत्रको विभिन्न विषयमा भएका प्रगति, लक्षित कार्यक्रम र उपलब्धीको समीक्षा गर्दै आगामी रणनीति तय गरेको छ ।

prabhu mahalaxmi
kumari