stcnepal long ad
himalayan Everest Insurance long ad

सरकारी सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलको अध्यागमन प्रभावित

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको सर्भरमा समस्या देखिएको छ । मंगलबार बिहानदेखि सर्भरमा समस्या देखिँदा यात्रुहरू मारमा परेका हुन् ।

विभागका अनुसार सर्भरमा समस्या आएका कारण यात्रु चेक जाँचपास बिहान करिब दुई घण्टा प्रभावित प्रभावित बनेको थियो । यसले गर्दा यात्रुहरू लामो समय लाइनमा बस्नु परेको छ । तर, यसैका कारण कुनै पनि उडान भने प्रभावित नभएको विभागको भनाई छ ।

‘हाम्रो मात्र होइन गर्भमेन्ट इन्ट्रिगेटेड डाटा सेन्टर (जीआईडीसी)मा नै समस्या आएको हो । यसले गर्दा हामीले यात्रुको विवरण चेकजाँच गर्न पाएनौँ ।

तर, अहिले त्यसलाई पछि इन्ट्री गर्ने गरी म्यानुअल रूपमा भए पनि सञ्चालन गरेका छौँ,’ विभागका सूचना अधिकारी खिमराज भुसालले  भने । के कारणले समस्या आएको हो भन्ने विषयमा जाँच भइरहेको उनको भनाई छ ।

२ असोज २०८०, मंगलवार १०:१२ बजे प्रकाशित

NTA long ad