stcnepal long ad
himalayan Everest Insurance long ad

किसान लघुवित्तको खुद नाफामा 

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड ३६ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा अधिल्लो आर्थिक वर्षमा कमाएको ११ लाख २६ हजार रुपैयाँभन्दा १११०.६६% धेरै हो । यसको खुद ब्याज आम्दानी २९.०३५ ले घटेर २५ करोड ७० लाख रुपैयाँमा आएको छ ।

यद्यपि,  इम्पेयरमेन्ट चार्जमा उल्लेख्य कमी आएपछि खुद नाफामा आकर्षक सुधार भएको देखिन्छ ।

अघिल्लो वर्ष १२ करोड २० लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत असार मसान्तसम्ममा २ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ ।

किसानको रिजर्भ कोष र रिटेन्ड अर्निङ शीर्षकमा भने गिरावट आएको छ । खुद नाफा कढेका कारण प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ ।

प्रतिसेयर आम्दानी अघिल्लो वर्ष ०.३२ रुपैयाँ रहेकामा अहिले २.७० रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १२६.४२ रुपैयाँ रहेको छ । किसान लघुवित्त हाल जाल्पा लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।

२५ साउन २०८०, बिहीवार ०८:२१ बजे प्रकाशित

NTA long ad