एनआइसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनआइसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत ३० गते बिहीबार अन्तिम दिन हो । यस संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ २०८० वैशाख १ गते बुक क्लोज गर्दैछ । तसर्थ, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ ।
यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई करसहित १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
उक्त लाभांश पारित गर्न यस कम्पनीले वैशाख १० गते वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा होटल गजुर, मोटेपुल धरानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।























