citizens life insurance long ad
stcnepal long ad

महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज चैत २८ गते मंगलबार अन्तिम दिन हो । यस लघुवित्त वित्तीय संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत २९ गते बुक क्लोज गर्दैछ ।

तसर्थ, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ । महुली लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

लाभांश पारित गर्न यस संस्थाको वार्षिक साधारण सभा वैशाख ९ गते बस्दैछ । सभामा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ ।

यता, प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जानकारी गराएको छ । साधारण सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ ।

IME Life
kumari