citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने अन्तिम दिन

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । आज फागुन २३ गते मंगलबार बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।

फागुन १८ गतेदेखि यस लघुवित्तले सर्वसाधारण लगानीकर्तालाई आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत ले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ९७ हजार कित्ता सेयर निष्कासन गरेको छ ।

यसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ । यस्तै, १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सीडीएसका अनुसार आज बिहान ६ः२३ बजेसम्ममा ११ लाख १३ हजार ५८३ जनाले १ करोड ४४ लाख ९८ हजार ४२० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १७९.१० गुणा बढी आवेदन हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०७८ चैत ३० गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ चैत २८ गतेसम्म बाहल रहनेछ ।

himalayan life insurance
igi long