stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

आज फागुन २१ गते महिला लघुवित्तको वार्षिक साधारण सभा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज फागुन २१ गते आइतबार बस्दैछ । सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल काभ्रेमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने मुख्य एजेन्डा सभामा पेश गर्नेछ ।

यस्तै, कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धी प्रस्ताव पनि रहेको छ । महिलाले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन ५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

himalayan life insurance
igi long