stcnepal long ad
global ime bank long

नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रकम सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार

काठमाडौं । नेपालको पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आज २०७७ जेठ ४ गते नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रु.२५ लाख सहयोग गरेको छ ।
उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्तान्तरण गर्नुभएको छ ।
उक्त अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट उप–सचिव विष्णु प्रसाद घिमिरे र बैंक व्यवस्थापनको तर्फबाट सुवर्ण कुमार सिंह समेतको उपस्थिति रहेको थियो ।
मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी पूर्वाधारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने उद्देश्य सहित स्थापना भएको बैैंकको हाल अधिकृत पूँजी रु.४० अर्व, जारी पूँजी रु.२० अर्व र चुक्ता पूँजी रु.१२ अर्व रहेको छ भने बैंकले निकट भविष्यमा सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात चुक्ता पूँजी रु.२० अर्व पुग्नेछ ।
बैंकले आ.व.२०७६÷७७ को तेस्रो त्रयमासमा रु.५९ करोड ६४ लाख २८ हजार खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ ।

IME Lifesidebar
kumari