stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

समिट लघुवित्तले गर्यो वित्तीय विवरण सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ १ गते बिहीबार
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा समिट लघुवित्तले ३ करोड ५९ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १६.१६% ले घटी हो । गत वर्ष यस संस्थाले ४ करोड २८ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा समिटको सञ्चालन नाफा ८.२६% ले घटेर ६ करोड १७ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष यसले ६ करोड ७३ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो । खराब कर्जा भने १.९५% बाट बढेर ३.०३% पुगेको छ । खराब कर्जा बढ्दा प्रोभिजन बढाउनुपरेको छ । यसले पनि नाफा प्रभावित बनाएको हो । कम्पनीको खुद ब्याज आम्दानी भने ५.०६% ले बढेर ११ करोड ८२ लाख १५ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा समिटको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८३ पैसामा खुम्चिएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ २० पैसा थियो । समिटको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ४२ पैसा छ ।
prabhu mahalaxmi
kumari bank
kumari