citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफा ९६.३८% वृद्धि

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ १ गते बिहीबार

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ६३ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ९६.३८% धेरै हो । गत वर्ष यही त्रैमाससम्ममा नयाँ नेपालले ८३ लाख २६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ५४.३७% र १७०.४१% ले वृद्धि भएको छ । खुद ब्याज आम्दानीमा आकर्षक बढोत्तरी आउँदा समग्र नाफा विस्तार हुन सजिलो भएको हो ।
 गत वर्ष २ करोड ६८ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको नयाँ नेपालले यो त्रैमासमा बढाएर ४ करोड १३ लाख ८७ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि ८५ लाख ३८ हजार रुपैयाँबाट वृद्धि गरेर २ करोड ३० लाख ८८ हजार रुपैयाँ पुर्याएको छ । चैत सम्ममा २१ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस कम्पनीले १ अर्ब २२ करोड रुपैयाँ प्रवाह गरेको छ ।
चुक्ता पुँजी १० करोड ८ लाख रुपैयाँ रहेको यसको जगेडा कोषमा ३ करोड ७९ लाख रुपैयाँ छ । कम्पनीको खराब कर्जा भने बढेको छ । गत वर्ष १.९६% रहेको खराब कर्जा यो त्रैमासमा बढेर २.४०% पुगेको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६३ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ६७ पैसा छ ।
gold
himalayan life insurance long ad
kumari bank