stcnepal long ad
global ime bank long

पुस ३० गते गुराँस लघुवित्त वित्तीय संस्थाको साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३० गते, शनिबार, लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आयोजना गर्दैछ । लघुवित्तले भेडेटार भिलेज रिसोर्ट, भेडेटार, धनकुटामा बिहान ११ बजे सातौँ वार्षिक साधारण सभा आब्हान गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले हुन आउने ३९ लाख रुपैयाँ बराबरको बोनश शेयर, सोको कर प्रयोजनार्थ ० दशमलव २१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको नाफा नोक्सान, हिसाब नगद प्रवाह लगायतका वित्तीय प्रस्तावहरु पारित गर्नेछ ।

सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक बाँकी अवधिको लागि नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

IME Lifesidebar
kumari