stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेप्सेले सिवाईसी लघुवित्तको शेयर कारोबार फुकुवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले कम्पनीको आधारभूत शेयरधनीबाहेकको अन्य शेयर कारोबार फुकुवा गरेको हो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यस कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो । सोही अनुसार नेप्सेले आधारभूत शेयरधनीबाहेकको शेयर कारोबार फुकुवा गरेको हो ।

यस कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । यस सिवाईसी लघुवित्त र आँधीखोला लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने सम्झौता भएसँगै असार २३ गतेदेखि शेयर कारोबार रोक्का थियो ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari