डिप्रोक्स लघुवित्तको नाफा घट्यो

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तिय संस्थाको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा ४२.८९ प्रतिशत घटेर ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४२.८९ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तल १७ करोड ३५ लाख ८७ हजार खुद नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्ममा लघुवित्तको खुद व्याज आम्दानी ७.४३ प्रतिशत घटेर ३३ करोड २४ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३५ करोड ९१ लख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
लघुवित्तको सञ्चालन मुनाफा ४.१३ प्रतिशत घटेर १४ करोड १६ लाख १५ हजार रुपैयाँमा सिमित भएको छ । गत वर्षको सोही अवधिमा सञ्चालन मुनाफा २४ करोड ९० लाख रूपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ, जगेडा कोष २०.७३ प्रतिशत घटेर ९६ करोड ४ लाख ५७ हजार रुपैयाँ, निक्षेप १८.९० प्रतिशत बढेर ८ अर्ब २० करोड ५६ लाख रुपैयाँ र कर्जा १४ प्रतिशत बढेर १८ अर्ब ७३ करोड १८ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १५.७५ रुपैयाँ घटेर ३४.२९ रुपैयाँमा सिमित भएको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २७५ रुपैयाँ २८ पैसा रहेको छ । लघुवित्तको कस्ट अफ फण्ड ९.२५ प्रतिशत, बेसरेट १३.७७ प्रतिशत र खराब कर्जा ३.६८ प्रतिशत रहेको छ ।