छिमेक लघुवित्तको नाफा ५३.७१% ले बढेर ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ पुगे
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा छिमेक लघुवित्तको खुद नाफा ५३.७१ प्रतिशतले बढेर ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २१ करोड ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।
खुद ब्याज आम्दानी ३८.६२ प्रतिशतले बढेर ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ५२.७४ प्रतिशतले घटेर ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ पुगेको छ ।
वितरणयोग्य नाफा २५ करोड ६७ लाख ४ हजार रुपैयाँ छ ।
प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८४ पैसाले बढेर ५६ रुपैयाँ ६४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २७० रुपैयाँ ३ पैसा छ ।
























