citizens life insurance long ad
stcnepal long ad

राष्ट्र उत्थान लघुवित्तवित्तीय संस्थाको नाफामा गिरावट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । । यसको खुद नाफा ६९।४६ प्रतिशतले घटेर चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३८ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्षको सोही अवधिमा भने १ करोड २५ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो । राष्ट्र उत्थानको खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफा पनि घटेपछि खुद नाफामा गिरावट आएको हो ।

असार मसान्तसम्म आइपुग्दा यसको रिजर्भ कोष भने ४२.४० प्रतिशतले बढेको छ । यसको रिजर्भमा १८ करोड ५९ लाख ७७ हजार रुपैयाँ जम्मा भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसको रोजर्भमा १३ करोड ६ लाख ३ हजार रुपैयाँ मात्र रहेको थियो ।

यसको कस्ट अफ फन्ड र खराब कर्जा पनि बढेको छ । राष्ट्र उत्थानको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५३ पैसा रहेको छ ।

 

IME Life
kumari