डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने
काठमाडौं । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ । यी दुई संस्थाले असोज १४ गते प्राप्ति सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
प्राप्ति सम्बन्धि समझदारी पत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
डिप्रोक्स लघुवित्तले प्राप्ति सम्बन्धि बिषयमा काम गर्न प्राप्ति समिति गठन गरिसकेको र आगामी ६ महीनाभित्र प्रक्रिया सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।
डिप्रोक्सले बासुप्रसाद उपाध्यायको संयोकत्वमा प्राप्ति समिति गठन गरेको जानकारी दिएको छ । कम्पनीकाअनुसार उक्त समितिमा श्यामकृष्ण दाहाल, सुसन कर्माचार्य, प्रभा धिताल कोइराला सदस्य छन् ।
हाल डिप्रोक्स लघुवित्तको चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ भने आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । आदर्श लघुवित्तले गत असार १३ गते आइपीओ बाँडफाँट गरेको हो ।























