stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ग्लोबल आइएमई लघुवित्तले २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तले २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो वर्षको यसै अवधिमाभन्दा १०.०५ प्रतिशत ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले २२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा २५.३१ प्रतिशत र खुद ब्याज आम्दानी २६.९३ प्रतिशत ले बढेको छ ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ३९ पैसाले घटेर ४५ रुपैयाँ ३४ पैसा ९वार्षिक० कायम भएको छ ।

अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा ९वार्षिक० रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा छ । यसको खराब कर्जा २.६६ प्रतिशत बाट घटेर १.६४ प्रतिशत पुगेको छ ।

prabhu mahalaxmi
kumari