citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

लघुवित्त सेयर मूल्य घटयो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घट्दो रुपमा छ । बजार घटेसँगै अधिकांश कम्पनीको सेयर मूल्य पनि घटदै गएको छ ।

बजारमा बैंकमात्र नभई हरेक समूह अन्तर्गतका कम्पनीका सेयर मूल्य घटी रहेको छ । बजारमा सूचीकृत ५१ लघुवित्तहरुमध्ये २३ वटाको सेयर मूल्य एक हजारभन्दा तल झरिसकेको छ ।

 

जबकी उनीहरुको सेयर कारोबार प्रतिकित्ता २ हजारभन्दा बढी मूल्यमा भइसकेको थियो । २३ वटा लघुवित्तमध्ये डिप्रोक्स लघुवित्तको सबैभन्दा बढी सेयर मूल्य छ ।

गत शुक्रबारको बजारमा डिप्रोक्स लघुवित्त संस्थाको सेयर प्रतिकित्ता ९९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । जुन संस्थाको न्यूनतम मूल्यको हाराहारीमा छ ।

हालसम्म संस्थाको उच्चतम मूल्य प्रतिकित्ता २००० र न्यूनतम मूल्य प्रतिकित्ता ९५९ रुपैयाँ रहेको छ ।

यीमध्ये अधिकांश कम्पनीको सेयर भाउ ८ सयदेखि ९ सय रुपैयाँको बीचमा छ । जसमा सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्तको घटेको देखिन्छ ।

प्रतिकित्ता २३ सय १० रुपैयाँसम्म कारोबार भएको लघुवित्तको सेयर मूल्य अहिले घटेर प्रतिकित्ता ८९५ रुपैयाँमा झरेको छ ।

जुन न्यूनतम मूल्य भने होइन । संस्थाको सेयर हालसम्म प्रतिकित्ता २९६.७० रुपैयाँभन्दा तल भने झरेको छैन ।

himalayan life insurance
igi long