evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

त्रिभुवन विश्वविद्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)- को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रुपमा खुलाएपछि सञ्चालनमा आएको हो ।

त्रिविका रजिष्ट्रार प्रा. डा. पेशल दाहालले आजदेखि नियमित कार्यालय सुरु भएको बताउनुभयो । “ताला पूर्ण रुपमा हिजोदेखि खुलेपछि हामी हिजो पनि आएको थियौँ”, उहाँले भन्नुभयो, “अबदेखि हामी नियमित कार्यालयमा आउँछौँ ।”

 

 

तालाबन्दीका कारण त्रिविका पदाधिकरी कार्यालय आएर काम गर्न सकेका थिइनन् । उहाँले झण्डै पाँच महिनादेखि रोकिएका कामलाई आजदेखि नै अगाडि बढाइने बताउनुभयो । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले यही जेठ २७ गते र गत शुक्रबार आङ्शिक शिक्षकहरुले जेठ २९ गते ताला खोेलेका थिए । प्रतिनिधिसभाको बैठकमा पनि लामो समयदेखि लगाइएको ताला सांसदले खुलाउन माग गरेका थिए ।

यस्तै अनेरास्ववियुले यही जेठ २५ गते विज्ञप्ति निकाल्दै तीन दिनभित्र त्रिविमा लगाइएको ताला खोल्न आग्रह गरेको थियो ।

त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घले गत माघ ७ गतेदेखि र आङ्शिक शिक्षकहरुले माघ २० गतेदेखि तालाबन्दी गरेका छन् ।

himalayan life insurance long ad
igi long