stcnepal long ad
ime life insurance
global ime bank long

आज पनि आईजीपी बढुवा विरुद्धको पोखरेलको मुद्दामा सुनुवाइ हुँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी)  बढुवाका विषयमा परेको मुद्दामा सर्वोच्च अदालतमा आज बिहीबार पनि सुनुवाइ हुँदैछ। बुधबारको सुनुवाइ नसकिएपछि मुद्दालाई आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो।

बुधबार सरकारको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू टिकाराम भट्टराई र भीमार्जुन आचार्यले बहस गरेका थिए।

एआईजी विश्वराज पोखरेलले आफू सिनियर हुँदा समेत जुनियर एआईजी ९धीरजप्रताप सिंह० लाई आईजीपी बनाएको भन्दै दायर गरेको रिटमाथि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको हो।

पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलको नेतृत्वमा हरिहर दाहाल, मेघराज पोखरेल, ललित बस्नेतलगायत कानुन व्यवसायीले बहस गरिरहेका छन्।

महान्यायाधिवक्ता खातीले त चुनावको मुखमा अन्तरिम आदेश दिएर प्रहरीलाई नेतृत्वविहीन बनाउन नहुने जिकिर समेत गरेका छन्।

पोखरेल पक्षका कानुन व्यवसायीले भने सरकारको निर्णय खारेज गरेर पोखरेललाई आईजीपी बढुवाका लागि आदेश दिन माग गरे।

 

prabhu mahalaxmi
kumari