पुस १५ गते स्वावलम्बन लघुवित्तको साधारण सभा
काठमाडौं । पुस १५ गते स्वावलम्बन लघुवित्तले वार्षिक साधारण सभा बोलाएको छ । सभा एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
कम्पनीले गत वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि सहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ ।
यसर्थ, कम्पनीले १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ५ करोड ६५ लाख ८० हजार रुपैयाँ नगद बाँड्नेछ ।
सभा प्रयोजन र लाभांश वितरण गर्न यसले बुक क्लोज र बोनस सेयरमा मूल्य समायोजनसमेत गरिसकेको छ ।






















