citizens life insurance long ad
stcnepal long ad

ग्लोबल आइएमई लघुवित्तको साधारण सभाबाट २८ प्रतिशत बोनस सेयर पारित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको नवौं साधारण सभा आज मंगलबार कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव हरिकृष्ण जोशीले र सभामा उपस्थित सबैलाई सञ्चालक रुपेन्द्र वाग्लेले स्वागत गरेका थिए।

आर्थिक वर्ष २०७७/०७८ को कुल मुनाफाबाट संस्थाले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको २८ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गर्दै संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको जनाइएको छ।

वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा संचालन मुनाफा ३४ करोड ९४ लाख रुपैंया र कर पछिको मुनाफा २१ करोड ८३ लाख आर्जन गरेको थियो। प्रस्तावित बोनस सेयर वितरणपश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैयाँ पुग्ने जनाएको छ।

साधारण सभामा संस्थाको सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बुद्धि अकेलाले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित सबैप्रति आभार व्यक्त गर्दै साधारण सभा सफलतापूर्वक सम्पन्न गराईदिनु भएकोमा धन्यवाद दिएका थिए।

संस्थाले हाल ५४ जिल्लाका ११८ वटा शाखा कार्यालयहरु मार्फत १ लाख ३७ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै करिब २ अर्ब ४५ करोड बचत संकलन गरी करिब ७ अर्ब ८९ करोड लगानी गरेको छ भने निकट भविष्यमा थप जिल्लाहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

IME Life
kumari