ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर १३ गते सोमबार अन्तिम मौका हो । साधारण सभा र लाभांश प्रयोजनको लागि संस्थाले मंसिर १४ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । संस्थाले मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पोखरा ग्रान्ड, पोखरा पार्दीमा बिहान १० बजे सुरु हुनेछ ।























