citizens life insurance long ad
stcnepal long ad
national life

सरकारको मारुती सिमेन्ट प्रयोग नगर्न कडा चेतावनी

Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले मारुती सिमेन्ट प्रयोग गरे प्रयोग गर्न दिने निकायमाथि नै छानबिन हुने स्पष्ट पारेको छ । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुुणस्तरहीन भन्दै बजारमा भएको पनि फिर्ता गर्न निर्देशन दिइसकेको छ । मारुती सिमेन्ट प्रयोग गर्नै नमिल्ने सरकारी अधिकारीले स्पष्ट पारेका हुन् ।

मारुती सिमेन्टले नेपाली बजारमा ४३ ग्रेडको गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको छ । मारुती सिमेन्ट कारबाहीमा परेसँगै विकास निर्माणका काममा प्रयोग गरेको पाइए छानबिन गरी कारबाही गर्ने भौतिक पूर्वाधार मन्त्रालय र सहरी विकास मन्त्रालयले जनाएको छ ।

सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले भने, ‘गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन भनिसकेपछि यसको प्रयोग गर्नै मिल्दैन ।’

निर्माण कम्पनीहरूले र योजना कार्यान्वयन कार्यालय आफैँले पनि यो बुझ्ने विषय भएकाले अबउप्रान्त प्रयोग नहुने उनले जानकारी दिए । आजको राजधानी दैनिकबाट

 

himalayan life insurance
igi long