kumari bank
Prabhu Insurance
stcnepal long ad

असोज २३ गते डिप्रोक्स लघुवित्तको २० औं वार्षिक साधारण सभा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २० औं वार्षिक साधारण सभा असोज २३ गते बस्ने भएको छ । सभा चितवन गार्डेन रिसोर्ट, चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २० प्रतिशतबोनस सेयर र कर प्रयोजन सहित १.०५३५ प्रतिशत नगद गरी कुल २१.०५३प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।

डिप्रोक्सले हाल कायम १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१० रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर तथा नगद लाभांश प्रस्ताव गरेको हो ।

सभामा सेयर संरचना र कर्मचारीको पद समायोजनका बिषयमा नाडेप लघुवित्तसँग असहमति भएकाले मर्जर प्रकृया अघि नबढेको सम्बन्धमा सेयरधनीहरुलाई जानकारी गराइनेछ । नाडेपसँग मर्जर गर्न नसकिने भएकाले यो बिषय राष्ट्र बैंकलाई पनि जानकारी गराई सकिएको र अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने एजेन्डा रहेको छ । नाडेपसँगको मर्जर प्रकृया डीमर्ज गर्ने प्रस्ताव राखिएको छ ।

सभामा साधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।

सभा प्रयोजनका लागि डिप्रोक्सले असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको छ । यसर्थ, असोज ११ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।


२० असोज २०७८, बुधवार ०८:३६ बजे प्रकाशित

nabil bank