stcnepal long ad
global ime bank long

समता घरेलु लघुवित्तको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत पुस १४ गते सम्पन्न ७औं साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।

कम्पनीले पुस ४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनश शेयर जम्मा गरेको र उक्त मिति पछि अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन संस्थाले आग्रह गरेको छ ।

पुस ४ गतेसम्म शेयर धितोमा बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनश शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का भई शेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न आग्रह गरेको छ ।

 

IME Lifesidebar
kumari