stcnepal long ad
ime life insurance
national life
global ime bank long

जाल्पा सामुदायिक लघुवित्त वित्तीयको साधारण सभा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

पोखरा । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि।को दोस्रो साधारण सभा पोखरामा सम्पन्न भएको छ । पोखरामा केन्द्रिय कार्यालय रहेको जाल्पा लघुवित्त वित्तीय संस्था लि. तथा दाङ जिल्लामा केन्द्रिय कार्यालय रहेको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लि. एक आपसमा मर्ज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था बनेको हो ।

हाल वित्तीय संस्थाले प्रदेश नं. ३, ४, ५, ६ र ७ मा रहेका ७४ वटा शाखाहरु बाट ८४ हजार सदस्यहरु बाट २ अर्व ६ करोड वचत संकलन गरी ३ अर्व ८४ करोड लगानी गर्न सफल रहेको छ ।

आज सम्पन्न दोस्रो साधारण सभाबाट अर्जुन कुमार श्रेष्ठ, बिर बहादुर अधिकारी, गीता कुमारी योगी गिरी तथा  शुषमा गौतम लाई संचालक समितिको सदस्यको पदमा सर्वसम्मत चयन गर्नुको साथै ५ लाख २२ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागी निस्कासन गर्ने प्रस्ताव सर्वसहमतीले पारीत गरेको छ ।

मर्जर पश्चात बनेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि।को अधिकृत पुँजी रु २५ करोड रहेको छ साथै जारी पूँजी रु १६ करोड र चुक्ता पूँजी रु १० करोड ७८ लाख रुपैया रहेको छ ।

वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/२०८२ को अन्तसम्म राष्ट्रिय स्तरको वित्तीय संस्था भई नेपालका ६० जिल्लामा १५५ वटा शाखा कार्यालयहरु स्थापना गरी १,९५,००० जना सदस्य आवद्ध गराउने लक्ष्य लिएको छ ।

संस्थाले ग्रामीण एंव शहरी क्षेत्रमा बसोबास गर्ने विपन्न तथा न्युन आय भएका समुदायका व्यक्तिहरुलाई वित्तीय सेवामा पहुँच अभिवृद्धि गराई, स्वरोजगार सृजना गर्दै सम्मृद्ध समाज निमार्ण गर्ने लक्ष्य लिएको छ ।

IME Lifesidebar
kumari