आगामी वैशाख ७ गते कालिका लघुवित्त वित्तीय संस्थाले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आगामी वैशाख ७ गते दुई आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले दशौं र एघारौं वार्षिक साधारण सभा एकै पटक गर्न लागेको हो ।
सभा होटल टास्क इन्टरनेशनल प्रा.लि. पोखरामा बिहान ८ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ ।
यसर्थ, कम्पनीले २ करोड ५२ लाख ३३ हजार रुपैयाँ बराबरको रकम बोनस सेयरमा खर्च गर्नेछ । बोनस सेयर वितरण पछि संस्थाको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने हुँदा सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन हुनेछ ।
यस्तै, सेयर स्वामित्व परिमार्जन गरि संस्थापक समूहको ५४.५२% र सर्वसाधारण समूहको ४५.४८% पुर्याउने एजेन्डा पनि रहेको छ ।
अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनको लागि संस्थाले चैत २२ गतेदेखि वैशाख ७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत २१ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।























