निर्धन उत्थानको १३% बोनस सेयर समायोजन
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १३% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ १४ सय ४० रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर मंगलबार कम्पनीको सेयर कारोबार खुल्नेछ ।
नेप्सेले अघिल्लो कारोबार दिन सोमबारको अन्तिम कारोबार मूल्य १६ सय २१ सय रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । फागुन २५ गते साधारण सभा बोलाएको कम्पनीले आज फागुन ११ गते बुक क्लोज गरेको छ । यसर्थ, फागुन १० गते सोमबारसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने १३% बोनस सेयर कर प्रयोजनको लागि ०.६८% लाभांश हात पार्नेछन् ।























