citizens life insurance long ad
stcnepal long ad

७५ करोड रुपैयाँको सांग्रिला डेभलपमेन्टले ऋणपत्र निष्कासन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ७ लाख ५० हजार इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

यसमध्ये ३ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ४ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक ९% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर “२०८७” नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।

IME Life
kumari