महिला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ आउने
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । महिलाले प्रतिकित्ता १०० रुपैयाँको दरमा ४ लाख कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।
यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । बोर्डको अनुमतिपछि मात्र आइपीओ निष्काशन हुनेछ ।
हाल महिलाको लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ । आइपीओपछि पुँजी १० करोड पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार यसको रिजर्भमा १४ करोड ७७ लाख रुपैयाँ छ । यस अवधिमा महिलाले १ करोड ९८ लाख ८५ हजार खुद नाफा कमाएको छ । यस लघुवित्तको केन्द्रीय कार्यालय काभ्रे जिल्लाको साँगामा रहेको छ ।























