शेयरधनीहरुको बैंक खातामा महिला सहयात्रा लघुवित्तको नगद लाभांश
काठमाडौं ।आफ्ना शेयरधनीहरुको बैंक खातामा महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश जम्मा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित वितरण गर्ने घोषणा गरेको ७ दशमलव ५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा गरेको जनाएको छ ।
संस्थाले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरिएको मितिसम्ममा हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा सो दर बराबरको रकम जम्मा गरिएको लघुवित्तले जनाएको छ।लघुवित्तको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
हालसम्म शेयर अभौतिकिकरण नगराएका शेयरधनीहरुलाई लघुवित्तले शिघ्र शेयर अभौतिकिकरण गराई खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।























