stcnepal long ad
global ime bank long

आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफको संस्थापक शेयर एनआईसी एशियाले लिलामी मार्फत बिक्री गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ।

बैंकले आफ्नो स्वामित्वमा रहेको इन्स्योरेन्सको ३९ हजार १०० कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असोज २ गतेदेखि ९ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ।

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता देखि सोभन्दा बढी १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

शिलबन्दी बोलपत्र आवेदन फाराम एनआईसी एशिया क्यापिटल, बबरमहल, र एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, थापाथलीका साथै विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट १०० रुपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ।

बोलपत्र आवेदन फाराममा लगानीकर्ताले आफुले लिन चाहेको शेयर संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसँग खुलाउनुपर्ने कम्पनीले बताएको छ ।

IME Lifesidebar
kumari