समाज लघुवित्तको आइपीओ बाँडफाँट
Businessman hand touching IPO (or Initial Public Offering ) sign
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नारायणचौर नक्साल काठमाडौंमा सोमबार २ बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो । जसमा ८ हजार ७० जना भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
बाँकीको भने हात खाली भएको छ । यो आइपीओमा कुल ५ लाख ६३ हजार ९९८ जनाले १ करोड १९ लाख ६२ हजार ७०० कित्ताका लागि आवेदन दिएका थिए ।
कुल १ अर्ब १९ करोड ६२ लाख ७० हजार रुपैयाँ बरारको आवेदन परेको थियो । समाजले भदौ ४ गतेबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।
यसमध्ये १ हजार कित्ता अर्थात जारी पुँजीको ५५ कर्मचारीहरुका लागि र कुल निष्कासनको ५५ अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
सर्वसाधारणले बाँकी रहेको ८० हजार ७ सय कित्ताका लागि आवेदन दिन पाएका छन् । २०६८ साल फागुन २५ गतेदेखि सञ्चालनमा आएको समाज लघुवित्तको केन्द्रीय कार्यालय सिराहमा छ ।























