stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिभिल लघुवित्तको हकप्रद शेयर भर्ने म्याद थप

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले साउन २५ गते आइतबारबाट निष्काशन तथा बिक्री खुल्ला गरेको शतप्रतिशत हकप्रद शेयर भर्ने म्याद थपिएको छ । यसअघि संस्थाले भाद्र १४ गते आइतबारसम्म भनिएकोमा अब भाद्र २९ गते सोमबारसम्म पुर्याइएको संस्थाले एक सुचना जारी गर्दै बताएको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको १–१ को अनुपातमा प्रति शेयर १०० रूपैयाँ अंकित दरको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

लघुवित्तले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि असार १५ गते, सोमबार एक दिनको लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।
त्यसैले, असार १४ गते आइतबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गरेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड कमलादी, सेञ्चुरी बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा र सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि९आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने जनाएको छ ।

IME Lifesidebar
kumari