stcnepal long ad
ime life insurance
national life
global ime bank long

ग्लोबल आइएमई लघुवित्तद्धारा मर्जर तथा प्राप्ति समिति गठन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मर्जर तथा प्राप्ति समिति गठन गरेको छ। संस्थाले अन्य लघुवित्तसँग मर्जर तथा प्राप्तिका लागि उपयुक्त संस्था पहिचान गर्ने र आवश्यक छलफल तथा गृहकार्य गर्नको लागि उक्त समिति गठन गरेको संस्थाले जनाएको छ ।

मर्जर समितिको संयोजक संचालकमा शुसोभन देवकोटा रहेका छन् भने सदस्य संचालकमा अनिमेश हलवाई र सदस्य सचिवमा वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशी रहेको संस्थाले जानकारी दिएको छ ।

हालसम्म संस्थाले ४६ वटा जिल्लामा ६८ वटा शाखा कार्यालय मार्फत ९३००० हजार ग्राहक सदस्यलाई लघुवित्त वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

IME Lifesidebar
kumari