stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

उपकार लघुवित्त संस्थाले नाफा कमाए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४७ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ८०.८०% ले थोरै हो । अघिल्लो वर्ष कम्पनीले २ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी १८५.०६% ले बढेको छ ।

अघिल्लो त्रैमासमा ३ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमासम्म आइपुग्दा बढाएर ८ करोड ८४ लाख रुपैयाँ पुर्याएको छ ।

यता असारसम्म कम्पनी ३ करोड ६२ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । अघिल्लो वर्ष कम्पनी १ करोड ५८ लाख रुपैयाँ सञ्चालन नाफामा रहेको थियो ।

असारसम्म यसले ६८ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७ करोड १८ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा थोरैले बढेर २.८१% कायम भएको छ । अघिल्लो वर्ष खराब कर्जा २.०४% रहेको थियो ।

prabhu mahalaxmi
kumari