stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साना किसान लघुवित्तको नाफा बढे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा साना किसान लघुवित्तको खुद नाफा बढेको छ । यसअवधिमा नाफा ११.५३% ले बढेर ५४ करोड ८२ लाख २१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ४९ करोड १५ लाख १६ हजार रुपैयाँमात्रै नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै लघुवित्त नाफा विस्तार हुन सहयोग पुगेको हो ।

असार मसान्त सम्ममा साना किसानको खुद ब्याज आम्दानी २१.३४% ले बढेर १ अर्ब ११ करोड ६२ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ९१ करोड ९८ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि १०.४५% ले बढेर ८२ करोड १५ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ७४ करोड ३८ लाख ७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

अघिल्लो वर्ष ०.०४% रहेको खराब कर्जा अनुपात भने यसअवधिमा थोरै बढेर ०.६८%पुगेको छ । असार मसान्त सम्ममा यसको चुक्ता पुँजी १ अर्ब २ लाख २९ हजार रुपैयाँ छ ।

जगेडा कोषमा भने १ अर्ब ९७ करोड ४१ लाख ३९ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ८१ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ २९७ रुपैयाँ ३७ पैसा छ ।

prabhu mahalaxmi
kumari