stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ५९ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले गत आर्थिक वर्षमा २ करोड ३४ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आर्थिक वर्षमा बढेर ३ करोड ७५ लाख रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफासँगै खुद ब्याज आम्दानी बढेकाले नाफा वृद्धि भएको हो।

कम्पनीको सञ्चालन नाफा गत आर्थिक वर्षमा ३ करोड ३५ लाख रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर ५ करोड ३६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा २५ करोड ४९ लाख रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर ३० करोड ३९ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा २ करोड ३० लाख रुपैयाँ र जगेडा कोषमा ३९ करोड रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले ५ अर्ब ४ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन र ११ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। कम्पनीको ईपीएस गत आर्थिक वर्षमा ५ रुपैयाँ १६ पैसा रहेकोमा चालू आर्थिक वर्षमा बढेर ६ रुपैयाँ ७८ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ३५ पैसा र निष्क्रिय कर्जा ५ दशमलव ४४ प्रतिशत रहेको छ।

prabhu mahalaxmi
kumari