आशा लघुवित्त वित्तीय संस्थाको २ लाख ५९ हजार ७२३ कित्ता शेयर बिक्रीमा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको कुल २ लाख ५९ हजार ७२३ कित्ता शेयर बिक्रीमा राखेको छ ।
लघुवित्तले यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर आंशिक मात्रै निवेदन परेपछि लघुवित्तले सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।
शेयरको मूल्य प्रतिकित्ता ३०० रुपियाँ तोकिएको छ । उक्त शेयर किन्न इच्छुक जोकोही व्यक्ति, कम्पनी वा संघसंसथाले ७ दिनभित्र संस्थ संस्थाको केन्द्रीय कार्यालय बनेपा १३ साँगा काभ्रेपलानचोकमा खरिद आवेदन दिनुपर्नेछ ।