चैत मसान्तभित्र एनएमबि लघुवित्तले साधारणसभा गर्ने

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारण सभा २०८१ चैत मसान्तभित्र सम्पन्न गर्ने भएको छ ।
कम्पनीको वार्षिक वित्तीय विवरण बाह्य लेखा परीक्षणको प्रक्रिया सम्पन्न भई हाल नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रहेको जनाएको छ । यस कारण निर्धारित समयसीमाभित्र वार्षिक साधारण सभा गर्न नसकिएको जनाएकोे छ ।
कम्पनीले वार्षिक साधारण सभा सम्पन्न गर्न आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइएको र निश्चित समयभित्र साधारण सभा सम्पन्न हुने लघुवित्तको भनाई छ ।