citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

निर्धन उत्थान लघुवित्तको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । निर्धन उत्थान लघुवित्त संस्थाको २६ औँ साधारण सभा निर्धन भवन नक्साल काठमाडौंमा सम्पन्न भएकोे छ ।

कार्यक्रम संस्थाका अध्यक्ष हरिकृष्ण पन्तको सभापतित्वमा सम्पन्न भएको हो । सभामा संचालक समितिका पदाधिकारी, शेयरधनी, कर्मचारी पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधीहरु गरि कुल २१० जनाको उपस्थिती रहेको थियो ।

साधारण सभामा संचालक समतिका अध्यक्ष हरिकृष्ण पन्तले आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन र साधारण सभाका प्रस्ताव माथि ५ जना शेयरधनीहरुले विचार तथा मन्तब्य राखेका थिए ।

साधारण सभामा मन्तब्य राख्दै शेयरधनी प्रा.डा. फक्त वहादुर के.सीले संस्थाको २६ औँ साधारण सभा संस्थाको उमेर गतिविधीले अग्रणी नै रहेको जनाए ।

संस्थापक तथा जन्मदाता डा. हरिहर देव पन्तको विपन्नहरुको सेवा गरेर गरिवी निवारण गर्ने दुरदृष्टी र उच्च छविकै कारण सफल भएको कुरामा दुविधा नरहेको बताए ।

सर्वसाधारण शेयरधनीहरुको जिज्ञासा र प्रश्नकोे जवाफ दिंदै संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दहालले शेयरधनीको अपेक्षा अनुरुप लाभांस वितरण गर्न सक्ने आश्वासन दिए । हाल आन्तरिक तथा बाह्य वातावरणमा केही सधार भएकोे आन्तरीक संचरनामा परिमार्जन गरिएकोे, संस्थामा आन्तरीक नियन्त्रण र गुर्णस्तर सुधारको लागि कर्मचारी जिम्मेवारी संरचनामा परिमार्जन गरेर कार्यसंचालन ब्यवस्थापन गरिएकोले आगामी वर्षमा लाभांस वितरण गर्ने प्रबल सम्भावना भएको बताए ।

संस्थामा हाल सफ्टवेयर परिवर्तन गरेर असुली सम्बन्धमा प्रसस्तै सुचना हुने ब्यवस्था गरिएकोे, संचालकहरुले प्रसस्तै मार्ग निर्देशन गरेको र उनीहरुको मार्ग निर्देशनलाई आधार मानेर कार्य संचालन गरिरहेकोे जानकारी गराए । संस्थाकोे अहिले सुधारउन्मुख रहेकोेले आगामी वर्ष लाभांस वितरण गर्ने सकिने बताए ।

gold
himalayan life insurance long ad