stcnepal long ad
ime life insurance
global ime bank long

सपोर्ट लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको ६००० कित्ता शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ६००० कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघ–संस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि आवेदन दिन घटीमा १०० कित्ता र बढीमा सबै कित्ता शेयर खरिदको माग गर्न सकिनेछ। यस हिसाबले १०० कित्ता शेयर खरिदका लागि न्यूनतम ४५ हजार रुपैयाँ लाग्नेछ।

शेयर खरिद गर्न इच्छुक व्यक्तिले माघ २८ गतेभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु–काठमाडौंमा बुझाउनु पर्नेछ।

prabhu mahalaxmi
kumari