stcnepal long ad
ime life insurance
global ime bank long

मुक्तिनाथ विकास बैंकले पुँजी वृद्धि गर्दै

मर्जरका लागि जोडि खोज्दै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पुँजी वृद्धि गर्ने भएको छ । बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरी पुँजी वृद्धि गर्ने भएको हो ।

बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ अर्बको मुक्तिनाथ ८।५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो ।

बैंकको हाल कायम अधिकृत पुँजी ८ अर्ब रुपैयाँबाट वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने, अग्राधिकार सेयर जारीपश्चात बैंकको हाल कायम जारी तथा चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँलाई वृद्धि गरी ८ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ पुर्याइने भएको छ ।

अग्राधिकार सेयर तथा अविमोच्य ऋणपत्र जारी गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न बैंकले १८औँ वार्षिक साधारण सभा पुस २९ गते बोलाएको छ ।

बैंकको साधारण सभाले कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा प्राप्ति तथा समाहितका लागि उपयुक्त बैंकको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । हालका लेखापरीक्षक श्री एपीएण्ड एशोसिएट्स, चाटर्ड एकाउण्टेन्ट्स पुनः नियुक्ति हुनका लागि योग्य रहेको बैंकले जनाएको छ ।

साधारणसभाले काठमाडौं महानगरपालिका–२८ कमलादीस्थित केन्द्रीय कार्यालयलाई महानगरपालिका–३ लाजिम्पाटमा स्थानान्तरण गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिको बैठकबाट नियुक्त स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

prabhu mahalaxmi
kumari