sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सूर्योदय वोमी लघुवित्तको पुस २८ गते तेह्रौं वार्षिक साधारणसभा आह्वान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २८ गते आइतबार तेह्रौं वार्षिक साधारण सभा बोलाएको छ।

लघुवित्त कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको लुभुस्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्गमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ०.९६२३५०५ प्रतिशत नगद लाभांश कर समेत वितरणको प्रस्ताव पारित गर्नेछ।

त्यस्तै साथै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी भविष्यमा अन्य लघुवित्तसँग मर्जरका लागि र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

gold
prabhu bank
nawakantipur long