stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आरएसडिसी लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ ।
साधारण सभाले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (करसहित) पारित गर्नेछ ।

साथै साधारण सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको नियुक्ति र ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

संस्थाको अधिकृत, जारी र चुक्ता पुँजी बढाउने र सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन र अन्य लघुवित्तसँग मर्जर सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ ।

लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक क्लोज गर्दै छ । अतः पुस ९ गतेसम्म कायम शेयरधनी मात्रै  साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तको ११औं वार्षिक साधारण सभा वेष्टर्ज एशियन होटल, बुटवल रुपन्देहीमा बिहान साढे ९ बजेदेखि शुरु हुनेछ ।

prabhu mahalaxmi
kumari