stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विन नेपाल लघुवित्तको साधारणसभा पुस १९ गते

यस वर्ष पनि कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको छैन् ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १९ गते दशौं वार्षिक साधारण सभा गर्ने भएको छ । संस्थाको मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल मेलम्ची क्याफे, सिन्धुपाल्चोकमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष पनि कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको छैन् ।

संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने रगाभिने तथा प्राप्ति वा समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरु पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वको मुल्याँकन गर्न परामर्शदाता मुल्याँकनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने गाभ्ने रगाभिने तथा प्राप्ति र समाहितसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गर्ने प्रस्ताव पारित गर्नेछ ।

संस्थाले साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

prabhu mahalaxmi
kumari